दफा १५
सदस्यहरुको नियुक्ति, पदावधि तथा पदमुक्ति
 (१) दफा ३ को खण्ड (झ) बमोजिम मनोनीत सदस्यहरुको नियुक्ति प्रधानमन्त्रीबाट हुनेछ र निजहरुको पदावधि दुई वर्षको हुनेछ । निजहरुको पुनर्नियुक्ति हुन सक्नेछ ।
(२) प्रधानमन्त्री समक्ष राजीनामा दिएमा, निजको मृत्यु भएमा, कार्यसम्पादनको स्तर सन्तोषजनक नभई प्रधानमन्त्रीले तोकिए बमोजिम हटाएमा वा पदावधि पुरा भएमा मनोनीत सदस्य पदमुक्त हुनेछन् ।
(३) उपदफा (२) बमोजिम कुनै सदस्य पदमुक्त भएमा निजको स्थानमा अर्को व्यक्तिलाई निजको बाँकी अवधिका लागि मात्र नियुक्ति गरिनेछ ।